मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ घाइते

२०८१ आश्विन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन,२० असोज। चितवनको नारायणगढ-मुग्लिङ सडकमा  माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते हुनुभएकाे छ ।

इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते हुनुभएकाे हाे ।

 काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे  ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल हुनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय