१६ लाख खर्चेर स्याङ्जामा भलिबल प्रतियोगिता हुँदै

२०८१ आश्विन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,२१ असोज । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा आगामी कार्तिक २,३ र ४ गते स्याङ्जा आइ सी सी प्रथम भलिबल कप २०२४/२०८१ हुने भएको छ । स्याङ्जा जिल्ला वालिङ नगरपालिकाको खेल मैदानमा पालिका स्तरीय पुरुष भलिबल कप हुने भएको हाे ।

स्याङ्जाका ११ वटै पालिकाहरुको सहभागितामा हुने खेलको बारेमा आइतबार वालिङमा पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिताका बारेमा जानकारी गराइएको थियाे ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु १ लाख शिल्ड मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु ५० हजार शिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार रु २५ हजार शिल्ड मेडल प्रमाणपत्र रहेको छ ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई १० हजार र अन्य ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु ५ र ५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष विरेन्द्रजंग के.सी. ले जानकारी दिनुभयो । भलिवल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम पनि गरिने के.सी. ले बताउनुभयो । करिब १६ लाख खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा जिल्लाभरका ११ वटा स्थानीय पालिकाले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष विरेन्द्रजंग केसी, निवर्तमान अध्यक्ष टुकराज अर्याल, भलिवल संयोजक हिमलाल डुम्रे, वालिङ् भलिवल संघका अध्यक्ष दिपेन्द्र खाँणले प्रतियोगिताका बारेमा थप जानकारी गराउनु भएको थियो । खेल संयोजक प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष चिरन्जीवी ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय