रवि पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारीमा रास्वपा

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२ कात्तिक । पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी रास्वपाले गरेको छ ।

यसका लागि केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी भने नगरिएको स्रोतको दाबी छ ।

 पार्टी सभापति पक्राउ पर्दा स्वतः स्फुर्त कार्यकर्ता जम्मा हुन्छन् नै।’

ती नेताले केन्द्रीय कार्यालयमा पनि कार्यकर्ताहरूलाई बोलाइएको छैन । ‘कानुन सबैले मान्नुपर्छ । पक्राउ गरिहाले त्यसपश्चात् कसरी अघि बढ्ने निर्णय होला‚’ उहाँले थप्नुभयाे‚ ‘अहिले कुनै हतारो छैन । हामी उपलब्ध नेताहरू पार्टी कार्यालय तिरै छौँ।’

नेताका अनुसार अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय