राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याइयाे

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३ कात्तिक । प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍याएको छ ।

सडकमार्ग मार्फत लामिछानेलाई राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकाे छ ।

लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय