गृहमन्त्री नफापेको देश,तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा

२०८१ कार्तिक ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,४ कात्तिक । नेपालमा प्रधानमन्त्रीपछि सबैभन्दा बढी शक्तिशाली र आकर्षक पद मानिएकाे गृहमन्त्री पदमा पुगेका ६ जनालाई फौजदारी मुद्दा लागेकाे छ । २०४८ सालपछि राज्यशक्तिको अभ्यासमा प्रधानमन्त्रीपछि शक्तिशाली मानिएको गृहमन्त्री पदमा बस्ने नै विभिन्न फौजदारी अपराधका मुद्दामा पक्राउ पर्नेदेखि जेल जानेसम्मका घटना भएका छन् ।

सहकारी संस्थाको रकम अपचलनमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ पर्नुभएको हो । उहाँ आपराधिक घटनामा पक्राउ परेको यो पहिलोपटक भने होइन । यसअघि आत्महत्या दुरुत्साहन मुद्दामा २०७६ साउन ३० गते पनि पक्राउ पर्नुभएको थियो । आपराधिक मुद्दामा पक्राउ पर्ने उहाँ एक्लो पूर्वगृहमन्त्री भने होइन । यसअघि उहाँजस्तै पाँचजना पूर्वगृहमन्त्री पनि विभिन्न आपराधिक मुद्दामा पक्राउ पर्नुभएको थियो । यसअघि गोविन्दराज जोशी, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र बालकृष्ण खाँणले विभिन्न फौजदारी अभियोगको सामना गरिसक्नु भएको छ । खड्का (हाल दिवंगत) सर्वोच्च अदालतबाटै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद सजायसमेत भुक्तान गरेर पार्टी राजनीतिमा फर्किनुभएको थियो । गच्छदार र महरा पनि मौन रूपमा राजनीतिमै सक्रिय हुनुहुन्छ । जोशी भने पार्टी राजनीतिमा सक्रिय देखिनुभएको छैन । यो खबर आजको हिमालय टाइम्समा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय