पूजा खड्का
स्याङ्जा, ८ कार्तिक । अर्जुनचौपारी गाउँपालिकामा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।
अर्जुनचौपारी गाउँपालिका वडा नंवर २ बस्ने २८ वर्षका सूर्य परियारले डर त्रासमा पारी परिवर्तित नाम आँधीखोला ९६ लाइ जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो। ।
२०८१ साल वैशाख महिना रातिको ९ बजे घटना भएको र कार्तिक ७ गते उक्त व्यक्तिलाई पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो। जबर्जस्ती करणी मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।