कास्की, २० कात्तिक । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ भने निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेको भन्दै प्रदर्शनबाट ६ जनालाई नियन्त्रणमा लिइएको ।
४ पुरुष र २ महिलालाई नियन्त्रण लिइ प्रहरीको मातहतमा राखिएको छ । सभापति रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।
मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेकाे गाडिकाे प्रहरीले चाबी खोसे पछि विवाद बढेकाे हाे ।
जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले ढुङ्गा नहान्न कार्यकर्तालाई आग्रह गर्दै उनले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले प्रहरीलाई आफ्नो स्थानमा जान आग्रह गरेकी छिन् ।
पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरेका उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।