काठमाडौं, ६ मंसिर । मकवानपुरको सिस्नेरी घटनामा ज्यान गुमाएका खेलाडीका आफन्तले अखिल नेपाल फुटबल फुटबल संघ (एन्फा)को मुख्यालयमा धर्ना दिएका छन् ।
सिस्नेरी घटनामा पिडित परिवारले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयको गेटमा तालाबन्दी गर्दै धर्ना दिएका हुन् ।
गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी स्कुलमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको निधन भएको थियो ।
एन्फाकै कमजोरीका कारण उक्त घटनामा आफ्ना बच्चाहरू गुमाएको भन्दै आफन्तहरुले वर्तमान नेतृत्वलाई आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।