काठमाडौँ ,६ मङ्सिर । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार शितल निवासमा आयोजित एक समारोहकाबीच नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायतको उपस्थीति रहेको थियो ।
भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आउनुभएको हो ।
नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहदै आएको छ ।