ट्राफिकको स्पिड चेकिङमा मोटरसाइकल दुर्घटना, पछाडि सवार बस्यालको मृत्यु

२०८१ मंसिर १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ललितपुर, १५ मङ्सिर । ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा मोटरसाइकल दुर्घटना भएको छ । ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन् । प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।

तनहुँको भिमाद नगरपालिका–५ घर भएर पेप्सीकोला बस्ने बस्यालको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले  बताउनुभयाे ।

शुक्रवार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते भएका छन् । उहाँको बीएण्डबी अस्पतालमा उपचार हुँदै छ । प्रत्युसको टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ स्पिडमा हाँकेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय