हेटौँडा, १६ मङ्सिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडा अध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
२ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । बिहान १० बजेसम्मको अवधिमा १ हजार ७६८ मत खसेको छ । विष्णुज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ४ मतदान केन्द्रमा ७५४ मत खसेको छ । सो मतदान स्थलमा ३ हजार ६२५ मतदाताले मत दिनेछन् भने प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ४ हजार ४२८ मतदाताले मतदान गर्नेछन् । उक्त मतदान स्थलको ५ मतदान केन्द्रबाट हालसम्म १ हजार १४ मत खसेको छ ।
हेटौँडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।