४ देशका लागि नियुक्त नेपाली राजदूतले लिए शपथ

२०८१ मंसिर १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१६ मंसिर । विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति भवन शीतल निवासका आयोजित एक कार्यक्रमबीच नवनियुक्त राजदूतहरूले शपथ लिनुभएकाे हाे । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राजदूतका रूपमा शपथ लिनुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार