स्याङ्जामा एक अर्ब बाह्र करोड सुन्तलाकाे कारोबार

२०८१ माघ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,  २२ माघ । यस बर्ष स्याङ्जामा एक अरब बाह्र करोड एकहत्तर लाखको सुन्तलाकाे कारोबार भएकाे छ ।

सुन्तला सुपरजोन परियोजना सञ्चालन हुनु अघि ८८७ हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको थियो भने अहिले ८१/८२ मा आइपुग्दा २२५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको स्याङ्जा सुन्तला सुपरजोन अधिकृत अजय अधिकारीले जानकारी दिनुभयाे। स्याङ्जामा २०७३ सालबाट  सुन्तला सुपरजोन परियोजना सरू भएकाे हाे ।

कुल क्षेत्रफल २२५० हेक्टर मध्य उत्पादनशील क्षेत्रफल १३७० हेक्टर रहेको र बाकि ८८० हेक्टर क्षेत्रफलमा साना बगैचा तथा नयाँ सुन्तलाका बेर्नाहरु हुर्किरहेको सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिमा बुढाथोकीले जानकारी दिनुभयाे । यस बर्ष स्याङ्जामा २० हजार ८४.२ मेट्रिक टन सुन्तला उत्पादन भएकाे थियाे ।

२०८१/८२ मा सुन्तलाको कुल क्षेत्रफल २२५० हेक्टर मध्य उत्पादनशील क्षेत्रफल १३७० हेक्टर रहेको थियो भने उत्पादन २० हजार ८४.२ मेट्रिक टन उत्पादकत्व १४.६६ मेट्रिक टनरहेक्टरमा रहेको छ । जस् अन्तर्गत आन्तरिक खपत १० प्रतिशत २० हजार ८.४२ मेट्रिक टन मा बिक्री योग्य ९० प्रतिशत १८ हजार ७५.७८ मेट्रिक टन रहेको सूचना अधिकारी बुढाथोकीले जानकारी गराउनुभयो।

त्यसै गरी २०८०/८१ मा सुन्तलाको कुल क्षेत्रफल २२ सय हेक्टर रहेको थियो भने उत्पादनशील क्षेत्रफल १३२० हेक्टर रहेको थियो। जसमा उत्पादन १९ हजार ८७ मेट्रिक टनमा उत्पादकत्व १४.४६ मेट्रिक टनर हेक्टर रहेको र १९०२ कृषक लाभान्वित भएको मध्य १३३७ पुरुष र ६६५ महिला रहेको सुपरजोन स्याङ्जाले जनाएकाे छ । पछिल्लो वर्षको तुलनामा उत्पादकत्वमा वृद्धि भए पनि बजार मूल्यका कारण मुनाफामा कमी हुन गएको बुढाथोकीले जानकारी गराउनुभयो ।

स्याङ्जा जिल्लाको मुख्य पकेट क्षेत्रको रुपमा पुतलीबजार, भिरकोट, वालिङ्ग र गल्याङ्ग नगरपालिका रहेका छन् भने विरुवा, आँधीखोला, फेदीखोला र अर्जुनचौपारी केही कम उत्पादन हुनेमा पर्दछन । सुन्तला खेति प्रति कृषकहरुको आकर्षक बढ्दो देखिन्छ भने जंगल फडानी गरेर पनि सुन्तलाको विरुवा रोप्नेको संख्या बढेको पाइन्छ । सुन्तला खेती वृद्धिको लागि स्थानीय सरकार र सुपर जोनको सहयोग पनि रहेको हुँदा क्षेत्रफलको हिसाबमा वृद्धि पनि भएको र कृषकहरु उत्साहित पनि रहेको अधिकृत अधिकारीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार