काठमाडौं,१७ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) मा विश्वक्रिकेटका चर्चित खेलाडी शिखर धवन र जिमी निसम सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकआपसमा भिड्दै छन् । न्युजिल्यान्डका ३४ वर्षीय अलराउन्डरले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दै छन् । भारतका ३८ वर्षीय धवनले कर्णाली याक्सबाट खेल्नेछन् ।
तीनै फर्म्याटका बादशाह मानिने दुवै खेलाडी पहिलोपटक त्रिवि मैदानमा उत्रन लागेका हुन् । विश्वक्रिकेटमा जादुु देखाएका दुवै खेलाडीको पहिलो खेल हेर्न नेपाली समर्थक पनि उत्साहित छन् । धवनले नेपालमा चौथो दिन बिताउँदै छन् । निसम आइतबार मात्रै आएका हुन् । दुवै खेलाडीले नयाँ पिचमा खेल्न उत्साहित भएको बताएका छन् ।