फोटो प्रदर्शनी काठमाडौंमा सुरु

२०८१ मंसिर १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१८ मंसिर । नेपालमा ऊर्जा क्षेत्रको क्षेत्रमा भएका बिकाससम्बन्धी फोटो प्रदर्शनी मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

फोटोपत्रकार क्लवको आयोजनामा पावरिङ नेपाल ः ऊर्जा क्षेत्रमा एशियाली बिकास बैंक–नेपाल साभेदारीको पाँच दशक शीर्षकमा नेपाल आर्ट काउन्सील बबरमहलमा फोटो प्रदर्शनी सुरु भएको हो ।

फोटो प्रदर्शनको उद्घाटन गर्दै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले पछिल्लो समय नेपालमा ऊर्जा उत्पादन बढ्दै गएको भन्दै स्वदेशमा नै अधिकतम उपयोगमा जोड दिनुभयो । उहाले स्वदेशमा खपत भइ बाँकी रहेको विद्युत भारतहुदै बंगलादेशसम्म निर्यात गर्न सफल भएको उल्लेख गर्नुभयो ।

फोटो प्रदर्शनीमा एशियाली बिकास बैंकले नेपाल सरकारसंगको सहकार्यमा गरेका काम झल्काउने ऊर्जा क्षेत्रसम्बन्धी ५० वटा तस्वीर राखिएको क्लवले जनाएको छ । फोटो प्रदर्शनी मंसिर २४ गतेसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार