काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमाले नेता वामदेव गौतमसँग फोनसंवादको एउटा रमाइलो किस्सा सुनाएका छन् । ओलीका अनुसार आजै उनलाई फोन गरेर गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।
आफूलाई राजेश ब्रजाचार्य (स्वकिय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीले सुनाए । एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएको उनको भनाइ छ ।
‘एआइको जमाना छ, के के कुराहरु तोडमोड भएर आउँछन् पत्तो हुँदैन,’ ओलीले भने, ‘एउटै चिज बोल्या छ, यता कटायो उता कटायो ल्याएर जोड्यो, कस्तो लाज नभएको होला ।’