पूजा खड्का
स्याङ्जा, ३ पुस । प्रतिनिधि सभा सांसद तथा संविधान सभा सदस्य राजु थापाले युवा विदेशिने चासो र चिन्ताको विषय रहेको बताउनुभयो। पुतलीबजार १३ झापकोटमा रहेको श्री कालिका माध्यमिक विद्यालयको ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रममा मंगलबार बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद थापाले युवा विदेशिने प्रवित्ती चासो र चिन्ताको विषय रहेको व्यक्त गर्नुभयो।
देश भित्रका युवा रोजगारको लागि विदेशिने प्रवृत्ती रोक्नको लागि विद्यालयले सिपमुलक र आत्मनिर्भर रहने व्यवहारिक शिक्षा सिकाउनुपर्ने जनाउनुभयो। त्यसै गरी उहाँले कार्यक्रममा बोल्दै शिक्षा प्रणालीले नै देश परिवर्तन गर्न सकिने बताउँदै राष्ट्रियताको महत्वको बारेमा पढाउनुपर्ने भन्दै शिक्षा नीतिमा देश र जनताको हितमा रहने गरी अघि बढ्नुपर्छ भन्दै शिक्षा दिनुपर्ने विषयमा जोड दिनुभयो।
देशमा रहेका युवाहरु १२ कक्षा पढेपछि विदेश जाने प्रवित्ती बढेको बताउँदै यसलाई रोक्नको लागि अभिभावक शिक्षक र विद्यार्थी ले नै सुल्झाउन सक्ने भन्दै त्यही किसिम को शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। प्रविधिको विकास भइरहेको हुँदा अभिभावक ले विद्यार्थी हरुले मोबाइल फोन प्रयोग गर्ने विषय ले पढाइमा समस्या भएको बताउँदै गरेको गुनासो प्रति मोबाइल समस्या मात्र नभई सिक्ने एक साधन र प्रविधिको सहज माध्यम भएको जिकिर गर्नुभयो। प्रविधिको सही सदुपयोग गरी सकारात्मक संदेश प्रबाह गर्न को लागि सही तरिकाले प्रयोग गरेमा धेरै विषय सिक्न सकिने बताउनुभयो। प्रविधि समस्या होइन त्यसको कसरी प्रयोग गरेको छ यसमा महत्व रहन्छ भन्दै ज्ञानबर्धक र चेतनामुलक विषय मा जोड दिएमा धेरै विषय सिक्न सकिने र धेरै सहजता ल्याउन सकिने बताउनुभयो।
त्यसै गरी शैक्षिक सुधारको लागि राष्ट्रिय बजेटको महत्व हुने हुँदा शिक्षा क्षेत्रमा बजेटको माग गरिरहेको पनि जानकारी गराउनुभयो। उहाले शिक्षाको गुणस्तर वृद्धिको लागि शिक्षक शिक्षिका अभिभावक र विद्यार्थीले त्रिपक्षीय सम्बन्ध राम्रो बनाउन आवश्यक परामर्श गर्दै कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने सुझाब दिनुभयो।