श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

२०८१ पुष १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १६ पुस। राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताउनुभएकाे छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम सांसदलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएकाे हाे ।

मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई  यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै  उहाँले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय