उद्योग तथा व्यापार विभागमा १० सदस्यहरू मनोनयन

२०८१ पुष १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१६ पुस। सत्तारूढ दल नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन हुनुभएकाे छ।

पार्टी सभापति शेरबहादुर देउवाले विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्य मनोनयन गरेकाे हाे ।

चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा खगेश्वर बोहरा, मीनबहादुर भण्डारी, ध्रुव खड्का, जमसेर अलि मियाँ, सिताराम परियार‚ शम्भुहरि बास्तोला, सञ्जीव घिमिरे, जुनु गुरुङ, ई. विजयकुमार सिंह र राजीव श्रेष्ठ मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय