महाधिवेशन गर्नेगरी केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरौँ : जनार्दन शर्मा

२०८१ पुष २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अगामी असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा विद्यामान केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरी भदौमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । शर्माले विधान अनुकूल बनाउन पनि विशेष महाधिवेशन आवश्यक भएको धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘हामीले समाजवादी क्रान्तिमा जान विभिन्न बाटाहरू खोल्नुपर्ने छ । पार्टीले थाल्ने लोकमार्ग अभियान प्रभावकारी बनाउनुपर्ने छ । जेठको आसपासमा सरकारले ल्याउने नीति तथा कार्यक्रममा जुट्नुपर्ने । असार साउनमा दस्ताबेज बनाउन समय पुग्नेछ । असोजको आसपासमा विशेष महाधिवेशन गर्नेगरी मिति अहिले नै घोषणा गरौँ । केन्द्रीय समिति बैठकलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरौँ’, शर्माको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।

यस्तै आफूले यसअघि बैठकमा राखेको प्रस्तावको सम्बन्धमा प्रचण्डको प्रतिवेदनमा धेरै आएकाले थप केही भन्नुपर्ने नरहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय