पूजा खड्का
स्याङ्जा,२४ पुस । “स्याङ्जा महोत्सवको आधार, कृषि पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मूल नारा सहित ७ अाै स्याङ्जा महोत्सव फागुन ६ गते बाट शुरू भइ १८ गते सम्म चल्नेछ। स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा मंगलबार ३९ विविध उपसमितिमा कार्य विभाजन र महोत्सबको बारेमा छलफल गरिएको हाे।
कार्यक्रम स्याङ्जा महोत्सवका मूल आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षता र सचिवालय व्यवस्थापन समितिमा उद्योग बाणिज्य संघका महासचिव रवीन्द्र केसिको सक्रियतामा उपसमितिलाई महोत्सवमा कार्य विभाजनको जिम्मा लगाइएको हो।
स्याङ्जा महोत्सवले कृषि तथा व्यापार लाई चलायमान बनाउने, कृषिलाई प्रोत्साहन गर्ने कृषि र पर्यटन लाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिमा जोड दिने उद्देश्य सहित सुरुवात गरिएको गण्डकी प्रदेश स्तरीय स्याङ्जा महोत्सव २०८१ को उद्देश्य अनुरुप भव्य सभ्य र एतिहासिक बनाउन विविध उपसमिति ले सक्रियता पूर्वक जिम्मेवारी बहन गर्दै अघि बढ्नु हुनेछ भन्दै मूल आयोजक समिति का महासचिव तथा व्यवस्थापन समिति रवीन्द्र केसि ले जानकारी गराउनुभयो।
उपसमिति अन्तर्गत सुरक्षा व्यवस्थापन समिति, कृषि समिति, सम्मान समिति, अतिथि स्वागत समिति, स्टल बुकिङ तथा व्यवस्थापन समिति, स्वागतद्वार तथा ध्वजापताका सजावट समिति, आर्थिक समिति, यातायात व्यवस्थापन समिति,स्वास्थ्य सेवा तथा शिविर प्रतियोगिता कार्यक्रम व्यबस्थापन समिति, कानुनी परामर्श तथा समन्वय , पुस्तक फोटो ल्याब , पार्किङ, बिजुली बत्ती व्यवस्थापन समिति, सरकारी तथा गैरसरकारी संस्था समिति,भु पु सैनिक परिचालन, निमन्त्रणा समिति, अतिथि कलाकार आवास तथा सत्कार, अनुगमन समिति, बाल उद्यान तथा रमाइलो मेला व्यवस्थापन पर्यटन , प्रचार प्रसार परिचालन समिति, निजी विद्यालय परिचालन युवा क्लब स्वयं सेवक छपाई , सामाजिक संघ संस्था परिचालन लगायत आवश्यक ३९ उप समिति बनाएर कार्य विभाजन गरेको छ।
महासचिव केसीले महोत्सवबारे जानकारी गराउन प्रचार प्रसार आवश्यक रहेको र यसको लागि पर्चा पम्प्लेट तयारी भइरहेको जानकारी गराउनुभयो। त्यसै गरी उहाले कार्यक्रम उद्देश्य अनुरूप अघि बढ्न कृषि पर्यटनलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिका लागि तय गरिएको गण्डकी प्रदेश स्तरीय स्याङ्जा महोत्सव सफल बनाउन नागरिक समाजको आवश्यक पर्ने र स्याङ्जा महोत्सवमा कुनै समस्या हुन नदिन कार्यक्रम सफल उल्लासमय वातावरणमा सम्पन्न गर्नको लागि उद्योगी ,व्यवसायी , प्रहरी प्रशासन नागरिक समाज लाई आग्रह गर्दै महासचिव केसि ले सबैको आवश्यक सल्लाह सुझाब सहित साथ जरुरी रहेको जानकारी गराउनुभयो।
उद्योग बाणिज्य संघले महोत्सवको बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डे, प्रतिनिधि सभा सदस्य राजु थापा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल राष्ट्र बैंक, मुक्तिनाथ बैंक, नेपाल निर्माण व्यवसायी महासंघ लगायत विविध सरोकारवालाहरुलाई खवर गरिएको र आपसी सल्लाह सुझाब सहित महोत्सव को प्रस्तावना बुझाइ सकिएको जानकारी समेत महासचिव केसीले गराउनुभयो। कार्यक्रमलाई थप रोचक बनाउनको लागि सांस्कृतिक कार्यक्रम सहित दर्शक अतिथि हरुलाई मनोरञ्जन गराइने कार्यक्रम पनि रहेको छ।