काठमाडौं ,२८ पुस । वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा सफल युवा उद्दमी विष्णुहरि पाण्डेय चयन हुनुभएकाे छ । कम्पनीको शुक्रबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले पाण्डेयलाई प्रबन्ध निर्देशकमा चयन हुनुभएकाे हो ।
नवनियुक्त प्रबन्ध सञ्चालक पाण्डेयले विदेश मामिला, शिक्षा तथा बैंकिङ क्षेत्रलगायत संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बटुल्नुभएकाे छ।
उहाँले वोन्डर्स नेपालमा प्रबन्ध सञ्चालकको जिम्मेवारी बहन गरेपछि स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिनेगरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र अब शीघ्र सञ्चालनमा आउने सिटी बन्जी जम्प, डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने बताउनुभयाे ।
साथै स्काईवाक टावरलाई काठमाडौंको मुख्य पर्यटकीयस्थलको रूपमा विकास गर्न पर्यटनसँग सराेकार राख्ने संघसंस्थासँग मिलेर काम गर्ने उहाँले बताउनुभयाे ।
एभरेष्ट, कोलम्बस, प्रिमियर लगायतका कलेजको अध्यक्ष रहेका पाण्डेय इक्यानका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्याे ।