काठमाडौँ, २९ पुस । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा परिणत भएको सन्दर्भमा विभिन्न दस वटा सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (PSB Pre Launching) कार्यक्रम आयोजना गरिँदैछ । भोलि माघ १ गतेदेखि ३ गतेसम्म नेपाल टेलिभिजनको ३०० स्क्वायर हलमा उद्घाटन तथा विषयगत छलफल ((Panel Discussion) एवम् माघ ३ गते रेडियो नेपालको प्राङ्गणमा कार्यक्रमको समापन समारोह आयोजना हुँदैछ ।
पिएसबीको अन्तर्राष्ट्रिय अभ्यास, लोकतन्त्रको सबलिकरण र राष्ट्र,निर्माण, शिक्षा र स्वास्थ्य सेवा, विपद्को सूचना र शिक्षामा साझेदारी, विषयवस्तुको प्राथमिकता, सामाजिक रुपान्तरण, पिएसबी सञ्चालन र स्थायित्व एवम् प्राविधिक रुपान्तरण र डिजिटल प्लेटफर्मको प्रयोग जस्ता विषयमा हुने गहन छलफलले पिएसबीमा सहज रुपान्तरण र सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।
उद्घाटन सत्रदेखि प्यानल डिस्कसनका सबै कार्यक्रमहरु रेडियो, नेपाल टेलिभिजनका च्यानलहरु र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण समेत गरिने अध्यक्ष डा विष्टको भनाइ थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृप्थ्वी सुब्बा गुरुङले भोलि माघ १ गते विहान १ बजे उद्घाटना गर्नुहुने प्रि(लन्चिङ कार्यक्रम पछि विभिन्त्र प्यानलमा छलफलहरु हुनेछन । छलफलमा सरकारका प्रतिनिधिहरु, निजी क्षेत्र र विभिन्न जनसरोकारका विषयमा दक्षता हासिल गरेका विज्ञहरुको सहभागिता रहने छ । प्रि(लञ्चिङ कार्यक्रमको समापन रेडियो नेपाल परिसर सिंहदरवारमा हुनेछ ।।