आज चार संसदीय समितिको बैठक बस्दै

२०८१ माघ २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२ माघ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार