कृषकलाई प्रोत्साहन गर्दै गल्याङ नगरपालिकाले गर्यो निशुल्क बाख्रा बितरण

२०८१ माघ ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदी
स्याङ्जा,३ माघ । हेफर प्रोजेक्ट नेपाल र स्याङ्जाको गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा “भोका लाई भोजन होइन जीवन जिउने जुक्ती सिकाऔ।” भन्ने मुल नारा सहित गल्याङ नगरपालिका द्वारा संचालित आर्थिक समृद्धिको लागि साझेदारी कार्यक्रम गल्याङ कृषि तथा पशु उद्घमशिलता बिकास परियोजना अन्तरगत आज गल्याङ ६ पिडिखोला बेतेहेनीमा कार्यक्रम भएको थियो।

कार्यक्रम गल्याङ नगरपालिकाको नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका युवा नेता बिष्णु पौडेल,गल्याङ ६ का वडा अध्यक्ष दिप गुरुङ छिरिङ,कमल कुवर, बसन्त भलामी लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम मा बोल्दै,प्रमुख अतिथी भट्टराई ले जब कृषि र कृषक को कुरा आउदा जहिले पनि गल्याङ ६ लाई सम्झिने बताउनु भएको थियो। जुन कृषक ले काम गर्ने इच्छा शक्ति बोकेर अगाडि बढेको छ उसलाई यो कार्यक्रम सुनौलो अवसर भएको बताउनु भएको थियो।

गल्याङ नगरपालिकाको पहिलो र नया कार्यक्रम सफल भएकोमा पिडिखोलाका कृषकलाई धन्यवाद दिनुभएको थियो।

कार्यक्रममा बाख्रा र बाङ्गुर उपहार प्रदान गरिएको थियो। ८ बिउ बाख्रा र ४ वटा बीउ बाङ्गुर उपहार स्वरुप सगरमाथा स्वबलम्बन महिला समुह र नमुना स्वबलम्बन,नवज्योति स्वबलम्बन महिला समुह ले उपहार प्राप्त गरेका थिए । भने कार्यक्रमको संचालन बसन्ती कुवरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय