काठमाडौँ,१४ माघ । माघ १८ गते बिहान बस्नेगरी नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । आइतबारबाट सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक १८ गते बस्ने गरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयाे ।
‘संसदीय दलको बैठक १८ गते बिहान ८ बजे बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा १७,१८ जनाले धारणा राख्नुभयो’, घिमिरेले बैठकबारे जानकारी दिँदै भन्नुभयाे– ‘बाँकी सांसदले अर्को बैठकमा बोलिसकेपछि मन्त्री र नेताहरूले जवाफ दिनुहुन्छ ।’
बैठकमा संसद् अधिवेशन, अध्यादेश, बजेट र समसामयिक विषयमा सांसदहरूले मन्त्री र नेतृत्वमाथि प्रश्न गर्नुभएकाे छ ।