सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

२०८१ माघ १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ माघ । संघीय संसदमा रहेका बिपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बिपक्षी दलहरुको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । सदन बोलाउने बेलामा अध्यादेश ल्याउनु प्रक्रियागत हिसावले समेत गलत भएको उहाको भनाइ छ ।

त्यस्तै सुशासन, जनजिविकाका बिषयमा पनि सदनमा गम्भीर ढंगले उठान गर्ने निर्णय भएको उहाले बताउनुभयो । उहाले सदनका साथै आवश्यक परे सडक आन्दोलनसमेत गर्ने बिषयमा छलफल भएको उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी, जनमोर्चा लगाएत दलका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय