ठूला दल मिलेर अर्थतन्त्र क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको छ : प्रधानमन्त्री ओली

२०८१ माघ १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दल मिलेर अर्थतन्त्र लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर परेको भन्दै अहिले ठूला दल मिलेर अर्थतन्त्र लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताउनुभएको हो । अहिले अर्थतन्त्रलाई लयमा फर्काउने कोशीस भइरहेको जानकारी दिदै उहाले देशलाई २०२६ मा अर्थतन्त्रको मध्यम स्तरमा पुराउनका लागि सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माण गरेर मुलुकको बिकास गरिने बताउनुभयो । सूचना प्रविधि क्षेत्रलाई उद्योगको रुपमा बिकास गरि निर्यात व्यापारको रुपमा अघि बढाउने गरि काम भइरहेको उहाले बताउनुभयो । प्रधानमन्त्री विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापीत हुन खोजेको भन्दै स्वदेशमा नै उत्पादीत सामाग्रीलाई निर्यात गर्न सक्नुपर्नेमा जोड दिनुभयो । विश्वसमा प्रतिष्पर्धी ढंगले सूचना प्रविधिको बिकास भइरहेको सन्दर्भमा नेपालमा त्यसको उचित तवरले प्रयोग गरेर फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रलाई बलियो बनाउन पूर्वाधार गत संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागेको बताउनुभयो । पछिल्लो समय सूचना प्रविधिको विकासबाटै देशको अर्थतन्त्र सुधार गर्न सकिने आधार देखिएको भन्दै उहाले यसका लागि कानूनी लगाएतका पूर्वाधार तयार गरिने जिकिर गर्नुभयो ।

भृकुटीमण्डपमा आगामी माघ २१ गतेसम्म चल्ने चेम्बर एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, पहिरन, पाठ्यपुस्तक, सूचना प्रविधि लगाएतका क्षेत्रको स्टल रहेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले हरेक वर्ष एक्स्पो गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय