पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप लगाउने भिरकोटमा ८३३ जना

२०८१ माघ २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा,२० माघ । भिरकोट नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध तथा रोकथामको लागि एच पि भी खोप लगाउने आठ सय तेत्तीस जना रहेका छन ।

भिरकोट नगरपालिकामा माघ २२ गते बाट सुरु भएर माघ २६ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्द खोप संचालनमा रहने अन्जु सापकोटाले जानकारी गराउनु भयो।

उहाले १९ वटा विद्यालय र ९ वटा स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भी खोप लगाउने  विद्यालयमा कक्षा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने किशोरी र विद्यालय नजानेको हकमा दश वर्ष देखि १४ वर्ष भित्रका उमेर समूहका किशोरीहरुलाई खोप लगाइने जानकारी गराउनुभयो।

यसै अन्तर्गत उहाले दश वर्ष देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरी भिरकोटमा अहिले सम्म  नआएको जानकारी गराउनुभयो। यदि कोही विद्यालय नजाने घर मा रहने किशोरी भएको खण्डमा खोप लगाउने कार्यक्रम नछुटाउन अनुरोध पनि गर्नुभएको छ।

उहाले खोप सुरक्षित रहेको जानकारी गराउँदै खोप लगाउँदा कुनै समस्या देखिन गएमा भिरकोट नगर अस्पताल का डाक्टर राजीव झा लाई जानकारी को लागि अनुरोध गरिएको पनि जानकारी गराउनुभयो।

खोप अभियान सफल बनाउन नगर वडा संस्थामा आवश्यक परामर्श गरिएको जानकारी गराउँदै उहाले प्रत्येक खोप केन्द्रमा एक जना एक स्वास्थ्य कर्मी र एक स्वयं सेवक र एक जना विद्यालयको शिक्षक बाट रहने गरी कार्यक्रम का सहजीकरणको व्यवस्था गरिएको जानकारी पनि गराउनुभयो। भिरकोट को १९ वटा विद्यालय र ९ वटा स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको सापकोटा ले जानकारी गराउनुभयो।

खोप लगाउँदा भिरकोट १ को दारसिङ्ग दहथुम स्वास्थ्य चौकी अन्तर्गत कन्साइन्स माबि , बाल ज्योति माबि र स्वास्थ्य संस्थामा वडा नंबर २ को बयर घारी आ स्वा से के अन्तर्गत दहथुम माबि, भू पु सैनिक आ बि, बुद्ध मेमोरियल इंग्लिश र स्वास्थ्य संस्थामा ,वडा नंवर ३ बानेथोक देउराली स्वास्थ्य चौकी अन्तर्गत श्री कालिका आ बि, श्री जन ज्योति आ बि, श्री शहीद शुक्र माबि र स्वास्थ्य संस्था, वडा नम्बर ४ छाङ्गछाङ्ग्दी स्वास्थ्य चौकी अन्तर्गत श्री दभुङ्ग ठाटी माबि र स्वास्थ्य संस्था, वडा नम्बर ५ तिलाहार नेटा आ स्वा से के अन्तर्गत श्री जनप्रिय माबि र स्वास्थ्य संस्था मा रहेको छ । त्यसैगरी वडा नम्बर ६ खिलुङ स्वास्थ्य चौकी अन्तर्गत भाग्योदय माबि, बालोदय माबि र स्वास्थ्य संस्था मा , वडा नम्बर ७ पासिन्डाडा आ स्वा से के अन्तरगत श्री महेन्द्र ज्योति माबि, स्वास्थ्य संस्था , वडा नम्बर ८ ढापुक स्वास्थ्य चौकी अन्तर्गत शिरु खर्क माबि, पब्लिक एकेडेमी माबि, स्वास्थ्य संस्था र वडा नम्बर ९ कालिका कोट स्वास्थ्य चौकी अन्तर्गत पिपल डाडा माबि, ठुली भञ्ज्याङ्ग मा वि, राजेन्द्र भवानी माबि, शिर्कोट माबि र स्वास्थ्य संस्था मा रहेको जानकारी सापकोटालें गराउनुभयो।

ध्ज्इ का अनुसार एक लाख महिला मध्य १४ जना भन्दा बढी महिला लाई पाठेघरको मुखको क्यान्सर हुने र सानो उमेरमा भ्याक्सिन लगाउँदा पाठेघरको क्यान्सरमा कम गर्न सकिने सरकारको विश्वास रहेको छ। ९ वर्ष देखि १४ वर्ष भित्र भ्याक्सिन लगाउने उपयुक्त उमेर रहेको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय