टिप्परको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

२०८१ माघ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ , २१ माघ । पृथ्वी राजमार्गको सुक्लागण्डकी ७ मालेबगरमा टिप्परले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । अन्दाजी ६ बजे टिप्परले ठक्कर  दिदा एक महिलाको मृत्यु भएको हाे।

खैरेनीटारबाट दमौलीतर्फ जादै गरेको ग १ क ५८९६ नम्बरको खालि टिप्परले विपरीत दिशाबाट आउदै गरेको प्र ३ ०१ ०२२च६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर स्कुटरमा पछाडि सवार पोखरा महानगरपालिका वडा न ३२ बस्ने ४१ बर्षकि अप्सरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो ।

स्कुटर चालक पोखरा महानगरपालिका वडा न ३२ लेखनाथ बस्ने २१ बर्षका दिनेश कुमार क्षेत्री सामान्य घाइते भएको छन् भने कार चालक शुक्लागण्डकी नगरपालिका वडा न ११ साँखे बस्ने ३१ बर्षका महेश पौडेलको दाहिने हातमा सामान्य चोट लागेको र अस्पतालले उपचार पश्चात् डिस्चार्ज गरेको प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्ण थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय