निजामती कर्मचारी युनियन स्याङ्जाको नवौं अधिवेशन सम्पन्न

२०८१ माघ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २२ माघ । राष्ट्र सेवा, निष्पक्षता तटस्थता र कर्मचारी एकता भन्ने अभिप्राय सहित सुरुवात भएको निजामती कर्मचारी युनियन स्याङ्जाको नवौं अधिवेशन सम्पन्न भएकाे छ । शनिबार सहयात्री पार्टी प्यालेस गुडी खोलामा सम्पन्न भएको हाे ।

कार्यक्रममा संघीय सांसद राजु थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायत विविध व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

निजामती कर्मचारी युनियनको नवौं अधिवेशनबाट अध्यक्षमा पुरुषोतम कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र स्याङ्जामा कार्यरत हुनुहुन्छ। त्यसै गरी महिला उपाध्यक्ष मा पुतलीबजार शिक्षा शाखा मा कार्यरत शोभा बस्याल निर्वाचित हुनु भएको छ।

त्यसै गरी खुल्ला उपाध्यक्षमा प्रधानमन्त्री कृषि तथा आधुनिकीकरण परियोजनाका कर्मचारी गणेश बन्धु रेग्मी सर्वसम्मतले निर्वाचित हुनुभएको छ भने समावेशी उपाध्यक्षमा चापाकोट नगरपालिकामा कार्यरत शान्ती कुमारी श्रेष्ठ, सचिवमा भेटेनरी अस्पतालका विनोद शर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी सहसचिवमा अर्जुन चौपारीमा कार्यरत आशिक कुमार क्षेत्री, कोषाध्यक्षमा भवानी शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ।

त्यसै गरी बाकी सदस्यहरुमा चिरञ्जीवी अधिकारी, भुपराज न्यौपाने, चिरञ्जीवी खनाल, लालु कोइराला, राजन बिक, खडानन्द रेग्मी र सन्दिया विष्ट निर्वाचित हुनुभएको छ ।

प्रदेश प्रतिनिधिका रुपमा दशरथ उपाध्याय, माधवप्रसाद न्यौपाने, सिरमती थापा, लक्ष्मी पोख्रेल, दोल राज गैह्रे, नारायणप्रसाद पाण्डे चयन हुनुभएको छ।
त्यसै गरी केन्द्रीय सदस्यमा भेषबहादुर राना, राजन तिमिल्सिना, प्रकाश खनाल, प्रदीप चापागाईं, गीता कुमारी राना चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार