केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२६ माघ । फाल्गुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरुप राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल आयोजना गरेको हो । खेलमा कलाकारले राजनीतिज्ञलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । राजनैतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे रहनुभएको थियो भने कलाकारबाट बद्री पंगेनी कप्तान रहनुभएको थियो ।

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुदैछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय