शिशु निकेतन मावि स्याङ्जामा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी

२०८१ माघ २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

स्याङ्जा,२७ माघ । पुतलीबजार ३ मा रहेको शिशु निकेतन आवासीय माविले एकदिने विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बाडखोलास्थित विद्यालय प्राङ्गणमा सम्पन्न सो कार्यक्रमलाई करिब दुई हजार जनाले अवलोकन गरेको विद्यालयले जनाएको छ ।

अवलोकनका लागि छिमेकी विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापक, संस्थागत तथा सामुदायिक छिमेकी विद्यालयका विद्यार्थीहरु, समाजसेवि तथा अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शैक्षिक सत्र ०८१ मा अध्ययनरत विद्यार्थीहरुद्वारा निर्माण गरिएको परियोजना कार्य अन्तर्गत विज्ञान सामग्री तथा शैक्षिक सामग्री प्रदर्शनको कार्यक्रम राखिको थियो ।

पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पुतलीबजार शिक्षा शाखा प्रमुख बाबुराम बराल, प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्रबहादुर गोदार, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका सदस्य मञ्जुकुमारी थापा क्षेत्री, प्याब्सन स्याङ्जाका सचिव हरिप्रसाद अर्याल, वरिष्ठ सल्लाहकार बुद्दि सागर त्रिपाठी, भु. पु. सैनिक माविका प्रिन्सिपल यदुकुमार थापा, काजिमान हरिटिका माविका प्रअ ऋषिराम शर्मा, सरस्वती माविका प्रअ कृष्ण गोदार, रेडियो स्याङ्जाका स्टेसन म्यानेजर एकबहादुर गोदार, स्याङ्जा माविका भाइस प्रिन्सिपल मनोज खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नगर प्रमुख तुलसीराम रेग्मीले विगतमा भन्दा विद्यालयले हरेक क्षेत्रमा प्रगति गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयले विद्यार्थीका सिर्जना र क्षमता, समाजका संस्कारदेखि लोप हुन लागेका विषयहरु, भजन चुट्का जस्ता मौलिक संस्कारमा जोड दिएको तथा प्रविधिको युगमा विज्ञानलाई पनि सँगै लिएर जाने प्रयत्न गरेको बताउँदै अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।

विद्यालयले नयाँ प्रयोगको रुपमा कक्षा एकदेखि दशसम्मका तीनसय चौतिस विद्यार्थीहरुलाई एकै पटक नचाएको दृष्य लोभलाग्दो रहेको अवलोकनकर्ता कृतन श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा स्याङ्जाको पन्ध्रौ अधिबेसनबाट अध्यक्ष पदमा निर्वाचित राजेन्द्र बहादुर गोदार, सचिव पदमा निर्वाचित हिमालयन आमाविका प्रिन्सिपल हरि प्रसाद अर्याल, स्याङ्जा मा। वि।का भाइस प्रिन्सिपल मनोज खड्कालाई प्रशंशापत्रले सम्मान गरिएको थियो ।

विद्यालय सञ्चालक अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा आठमा अध्ययनरत छात्र आकास सेन स्वागत मन्तव्य र शिक्षकहरु मञ्जु थापा र सोनि गोदारले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय