काठमाडौं ,२८ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले केहि अध्यादेशमा जसपा नेपाल समेत असन्तुष्ट रहेको अवस्थामा फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताउनुभएको हो । जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उहाले दावी गर्नुभयो । पुनले प्रक्रियागत रुपले अध्यादेश गलत रहेको र अध्यादेशका केहि अन्तर्वस्तुमा समेत त्रुटी रहेकाले सच्चाउनुपर्ने धारणा राख्नुभयो । यसअघि माओवादी नेतत्वको सरकारले अन्य दलहरुसंगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उहाले अहिलेको सरकारले एकलौटी रुपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताउनुभयो ।
उपमहासचिव पुनले सरकारमा जान माओवादीलाई कुनै हतारो नरहेको र ८४ को निर्वाचनमा एक्लै चूनाव लड्ने गरि तयारी गरिरहेको धारणा राख्नुभयो । सरकार परिवर्तनका लागि प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेर बहादुर देउवालाई कुनै अफर नगरेको उहाले बताउनुभयो ।