छ महिनामै परिवर्तन हुन्छन् स्याङ्जाको हरिनासमा प्रशासकीय अधिकृत

२०८१ फाल्गुन ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का

स्याङ्जा, ५ फागुन । स्थानीयतह स्थापना भएको मिति देखी हालसम्मको तथ्यांक हेर्ने हो भने स्याङ्जाको हरिनास गाउँपालिकामा छ महिनामै प्रशासकीय अधिकृत फेरिने गरेकाे पाइएको छ । यहीँ तथ्यांकलाई हेर्ने हो भने सात बर्षमा १४ प्रशासकीय अधिकृत परिवर्तन भएको पाइन्छ ।

देशमा नयाँ संविधान लागू भए संगै बनेको हरीनास गाउँपालिकामा हालसम्म १४ प्रशासकीय अधिकृत परिवर्तन भई सक्नु भएको छ। तत्कालीन अवस्थामा क्याक्मी, चित्रे भञ्ज्याङ्ग चिसापानीका सम्पूर्ण वडा किचनास र चिन्नेवासका केही वडा मिलेर बनेको हरिनास गाउँपालिकाको निर्माणाधीन भवन छ।

सरकारी कर्मचारीहरु सुविधा भोगमा लिप्त छन् भन्ने उदाहरण स्याङ्जाको हरिनास गाउँपालिका बाट बुझ्न सकिन्छ । जिल्ला सदरमुकाम देखि करिब ३० किलोमीटरको दूरीमा रहेको पालिका जिल्ला बाट पक्की बाटो नभए पनि भिमाद दुलैगौडा बाट भने पक्की बाटो जोडिएको गाउँपालिका हो।

ग्रामीण क्षेत्रमा रहेको पालिकामा कर्मचारीहरु जानको लागि आनाकानी गर्ने गरेकाे स्रोतले बताउँछ। स्याङ्जा जिल्लाका एघार पालिका मध्य जिल्ला सदरमुकाम बाट विकटमा रहेको पालिका अन्तरगत पर्ने यो पालिकामा सरकारी सेवामा आबद्द कर्मचारीहरु काम गर्न आनाकानी गर्ने गरेको स्रोतको दाबी छ। यही कारण पनि स्थानिय तह स्थापना भएको २०७३ सालदेखि हाल सम्म प्रशासकीय अधिकृत परिवर्तन भएको संख्या १४ पुगेको छ। १५ औं प्रशासकीय अधिकृत शिव कुमार पौडेल २०८१/९/१६ देखि कार्यरत रहनुभएको छ।

जनप्रतिनिधि र कर्मचारी बीच बेमेलको कारण कर्मचारीहरु बस्न नचाहेको बहस बेला बेलामा उठ्ने गरे पनि यसको तथ्य कारण भने हालसम्म खुल्न सकेको पाइँदैन । स्थानीय तहको स्थापना काल देखि अध्यक्ष बन्नु भएको खिम नारायण मानन्धर अहिले पनि उहाँनै पालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियाे।

उक्त पालिकामा कार्य गरेर फर्कनु भएका प्रशासकीय अधिकृतको रुपमा कार्यरत एक जना अधिकृतले पालिकाका अध्यक्षका कारण प्रशासकीय अधिकृत टिक्न नसकेको आरोप लगाउनु भयो। उहाले भन्नुभयो, “वर्तमान अध्यक्ष रहदा सम्म त्यस पालिकामा कर्मचारी टिक्न सक्दैनन् ।” त्यसैगरी अर्को एक जना प्रशासकीय अधिकृतले जनप्रतिनिधिको बालहटका कारण प्रशासकीय अधिकृत टिक्न नसकेको हेर्ने कुरा डट कमलाई जानकारी दिनुभयो। उहाले भन्नुभयो, “हामी कानुन र विधिसम्मत काम गर्न चाहन्छौं तर जनप्रतिनिधिमा आफू अनुकूल काम गर्ने प्रवृत्तिका कारण हुँदा तालमेल नमिल्ने हुँदा समस्या उत्पन्न हुनेगरेकाे छ ।”

त्यसैगरी दुई वर्ष प्रशासकीय अधिकृतको रुपमा कार्यरत एक जना अधिकृतले आफु लामो समय बसेको र सुविधासम्पन्न भएको ठाँउ पाएर आफू सुविधा प्रयोगको लागि अन्यत्र सरुवा भएको जानकारी दिनुभयो। उहाले “कर्मचारी एकै ठाउँ मा धेरै समय बस्न उपयुक्त हुँदैन । “

सोही गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ्गले गाउँपालिका अध्यक्ष र अधिकृत बीच तालमेल नमिल्दा छोटो समय मै प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र जानें गरेको हेर्ने कुरा डट कम लाई जानकारी दिनुभयो । वडा नम्बर ३ का वडा अध्यक्ष ओम प्रकाश सिग्देलले जनप्रतिनिधि जनतामुखि र प्रशासकीय अधिकृत कानुन मुखी हुँदा प्रशासकीय अधिकृत टिक्न नसकेको बताउनुभयो । उहाँले प्रशासकीय अधिकृत घर पाई मिलाउन सुविधा सम्पन्न क्षेत्रमा जानका लागि आएको छोटो समय मै अन्यत्र जाने गरेको बताउनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष निर्मल लम्सालले पालिका अध्यक्ष र अधिकृत बीच तालमेल नमिल्दा असमझदारीका आन्तरिक कारणले गर्दा पनि सरुवा लिएको बताउनुभयो ।

धेरै समय व्यक्तिगत कारणले पनि रहन सक्नुहुन्न भने कति आपसी समझदारी र समन्वयमा कमी भएका कारण प्रशासकीय अधिकृत सरुवामा जाने गरेको हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताउनुभयो। त्यसैगरी हरिनास गाउँपालिका विकट क्षेत्रमा रहेको हुँदा उहाँहरूले चाहे जस्तो सुविधा नहुँदा पनि र कति व्यक्तिका व्यवहारका कारण जानु भनेर पठाउनु परेकाे उहाँले गुनासाे सुनाउनुभयाे । सेवा भाबमा जोड नदिएर सुविधा र सहजतामा हिड्ने प्रवृत्तिका कारण अधिकृत परिवर्तन भइरहने पनि अध्यक्ष मानन्धरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय