पूजा खड्का
स्याङ्जा,४ फागुन । भिरकोट नगरपालिका वडा नम्बर ३ मा रहेको श्री जनज्योति आधारभूत विद्यालयले ६८ औं बार्षिकोत्सव तथा अभिभाबक दिवस विहीबार सम्पन्न गरेको छ ।
कार्यक्रम भिरकोट तीनका वडा अध्यक्ष केशर बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष केशर बहादुर खड्काले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि आवश्यक रहेको जनाउँदै वडा बाट हुने सहयोग र आफूले सक्दो पहल र सहयोग गर्ने बताउनुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य प्रेम बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रधानाध्यापक विष्णु बिर विकले विद्यालयको बार्षिक प्रतिवेदन बारे जानकारी गराउनु भएको थियो । उहाँले विद्यालय स्थापना कालदेखि विद्यालय सञ्चालन गरेर सहयोग पुर्याउने स्वर्गीय भैसक्नु भएका देखि हालसम्म रहनुभएका सम्पूर्ण प्रति स्मरण गर्दै विद्यालयका गतिविधिका बारेमा र विद्यार्थीका समस्याका बारेमा उजागर गर्नुभएको थियो । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा अभिभाबकको पनि उत्तिकै भूमिका हुने बताउँदै उहाँले आ आफ्नो ठाउँ बाट सहयोग र रेखदेख जरुरी रहेको बताउनुभयाे । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक युवराज केसिले गर्नुभएको थियाे भने विद्यालयका शिक्षक सुरेश पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा अक्षयकोष दाताहरुको सहयोगमा उत्कृष्ट विद्यार्थी हरुलाई पुरस्कार वितरण गरिएको थियो भने नयाँ अक्षयकोष खोलेर विद्यालयलाई दान गर्ने लाई मायाको चिनो वितरण गरीएको थियो। कार्यक्रममा विविध अक्षयकोष दाताको सहयोग रकम बाट विधा अनुसार उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा पूर्व महिला संघ अध्यक्ष मनु हुमागाईं, इन्द्र बहादुर मास्की, श्री सहीद शुक्र माबिका प्रधानाध्यापक चोलाकान्त काफ्ले,हुम बहादुर मास्की, नोर बहादुर मास्की, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मिन बहादुर खडका, अभिभाबक संघ अध्यक्ष दिल माया विक, स्थानिय बुद्धिजीवी लगायत विविध संघ संस्थामा आबद्ध सदस्य जनसेवा आमा समुहका पदाधिकारी सदस्य, राजनैतिक व्यक्तित्वहरू लगायत स्थानिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरुले विद्यालयको आवश्यक भौतिक सामग्री सहयोग गर्ने लगायत शैक्षिक गुणस्तरमा आफूहरुले सक्दो सहयोग गर्ने जानकारी गराउनुभएको थियो।कार्यक्रममा मनु हुमागाईंले विपन्न परिवारको विद्यार्थी लाई सहयोग स्वरुप स्वर्गीय बुवा आमाको नाममा एक लाख सत्तरी हजारको अक्षयकोष सञ्चालन गरेर सहयोग गर्नुभएको थियो । त्यसै गरी हुम बहादुर मास्की र लुक कुमारी मास्की जीवित अक्षयकोष खोलेर विपन्नवर्गका गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहज हुने किसिम बाट एक लाखको अक्षय कोष खडा गरेर सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक भनेर प्रेम बहादुर खड्का स्मृति अक्षयकोष बाट वर्ष शिक्षकमा सुरेश पोखरेल पुरस्कृत हुनुभएको छ । त्यसै गरी नसिव परिवार वर्ष विद्यार्थी, वर्ष अभिभाबक बाट अस्मी विक र वर्ष विद्यालय व्यवस्थापन समिति बाट कृष्ण बहादुर खत्री गरी चार जनालाई पुरस्कृत गरिएको थियो ।
विद्यालयमा सञ्चालनमा रहिरहेका नौं वटा विविध अक्षयकोष बाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने एक अक्षयकोष बाट विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउने विद्यालय का प्रधानाध्यापक विष्णु बिर विकले जानकारी दिनुभयो।
कार्यक्रम समापन सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य श्री प्रेम बहादुर राना ले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक अभिभाबक विद्यार्थी सबैले जोड दिँदै सहयोग गर्ने प्रति आभार प्रकट गर्नुभएको थियो।