गोपाल अधिकारी
स्याङ्जा,४ फागुन । सहकारी प्रति पछिल्लो समय बढ्दै गएको अविश्वासलाई चिर्न स्याङ्जाको गल्याङमा सहकारी संजाल स्थापना गरिएको छ ।
जिल्लामै पहिलोपटक स्थापना गरिएको गल्याङ सहकारी संजालले पहिलो साधारणसभा सनिवार पाल्पाको श्रीनगरमा सम्पन्न गरेको छ । ओम थापा अध्यक्ष रहनु भएको सस्थामा उपाध्यक्ष गोमा कुमारी गाहा थापा मगर रहनु भएको छ । कोषाध्यक्षमा गोपाल गाहा मगर र सचीवमा सम्भु नारायण अधिकारी रहनु भएको छ भने गल्याङ नगरपालिका भित्र कार्यक्षेत्र रहेका सहकारीका प्रबन्ध निर्देशक पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
उक्त साधारणसभामा क्रियासिलता र बरिस्ठताका आधारमा तीन जनालाई सम्मान समेत गरिएको छ । जसमा नवयुग सहकारीमा कार्यरत नारायण अधिकारी,पेलाकोट साना किसान सहकारीमा कार्यरत पवि माया थापा मगर र तुल्सिभञ्ज्याङ् साना किसान सहकारीमा कार्यरत हरिकला भट्टराई रहनु भएको छ ।