गल्याङमा दुध,मासु र कृषि उत्पादन बढाउन विज्ञहरु बीच अन्तरक्रिया

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङजा, ५ फागुन । स्याङजाको तेस्रो ठुलो बजारको रुपमा चिनिने गल्याङ बजारमा आईतबार अन्तरक्रिया भएको छ । तुल्सीभन्ज्याङ साना किसान सहकारी संस्थाको आयोजनामा कृषि ज्ञान केन्द्र स्याङजा, सुन्तला सुपरजोन स्याङजा र भेटेनरी अस्पतालका विज्ञ टोलिको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

साथै कृषि विज्ञ सहित साना किसान कृषि सहकारी संस्थाका अगुवाहरुको यो भेलाले चार बुँदे प्रतिबद्धता पनि सर्वसम्मत पारित गरेको छ । जसमा पारित गरिएको प्रतिबद्धता अनुसार कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट व्यवसायिक कार्ययोजना बनाउने प्रतिबद्धता जनाइएको छ ।

२२ वटा साना किसान कृषि सहकारीहरुको तर्फबाट आफ्ना सदस्यहरु मार्फत दुध र मासु उत्पादन बढाउने विषयमा समेत छलफल भएको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले उत्पादन गरेर बजार खोज्ने भन्दा पनि बजारले जे माग्छ त्यही उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्याङ्जा जिल्लाबाट यस वर्षमा एक अर्ब १२ करोडको सुन्तला बिक्रि भएको भन्दै प्रमुख हमालले कृषिमा धेरै सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका डा। रुपेश श्रेष्ठले नेपाल सरकार र चीन बीच भैसी र पाडाको मासु निर्यात गर्ने सम्झौता भए अनुसार फाइदा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ स्याङ्जाका प्रमुख अजय अधिकारीले छलफलमा उठेका कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका गल्याङ नगरपालिकाका संस्थापक नगरप्रमुख तथा तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष भुपराज अधिकारीले आगामी दिनमा सबैले उत्पादनमा जोड दिनुपर्ने र कृषिबाट मनग्य आम्दानी लिन सकिने बताउनुभयो ।

उक्त कार्यक्रममा कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष झविलाल पाण्डे, गण्डकी प्रदेश कृषि संघका सदस्य सुजन भट्टराई, समाजसेवी छविलाल भुषाल, तथा जिमुहा शीत भण्डार सहकारी संस्थाका अध्यक्ष रुमलाल कडेललगायतका व्यक्तित्वहरूले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । गल्याङ नगरपालिका वडा नं। ११ का अध्यक्ष एवं तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष दलबहादुर सिंजालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नं। २ का निवर्तमान अध्यक्ष इबप्रसाद कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय