पूजा खड्का
स्याङ्जा, ५ फाल्गुन । अर्जुनचौपारी गाउँपालिकामा बनेकाे नेपालमै पहिलो नवग्रह मन्दिर नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मंगलबार अर्थात् फागुन ६ गते उद्घाटन गर्नुहुनेभएकाे छ । साेहि कार्याक्रममा प्रवचन कर्ता राधिका दासी स्वामी के एम लगायतको उपस्थिति हुने भएकाे छ ।
देश भित्र एउटा पनि नवग्रह मन्दिर नभएको तर विविध शक्तिपीठमा गएर घर परिवार तथा व्यक्तिले पूजा गरिने नवग्रह मन्दिरको मन्दिर मै रहेर पूजा गर्ने उद्देश्य सहित अर्जुन चौपारी गाउँपालिकाले पालिका भित्रको वडा नम्बर १ मा नवग्रह मन्दिर निर्माण कार्य सम्पन्न गरेको हाे । एतिहासिक पर्यटकीय स्थलको रुपमा धार्मिक महत्व राखेर अलग पहिचान बनाउने उद्देश्यका साथ अर्जुन चौपारी गाउँपालिकाले हिन्दू धर्मावलम्बीहरुको आवश्यकता लाई मध्यनजर गरेर जानकारगुरुहरु सगं सल्लाह सुझाब लिएर उपयुक्त ठानी नवग्रह मन्दिर लाई प्राथमिकतामा राखेर निर्माण कार्यमा अघि बढाइएकाे अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । ग्रह शान्ति गर्ने भन्दै नवग्रहको पूजा घरपरिवारमा गरिरहने प्रचलन भए पनि राज्य भित्र कुनै पनि नवग्रहको विधिवत् पूजा हुने शक्तिपीठ अहिले सम्म नभएको भन्दै प्रसिद्धि प्राप्त योगीहरूको राय सल्लाह अनुसार नवग्रह मन्दिर निर्माणको लागि अर्जुनचौपारीको यस क्षेत्र उपयुक्त मानिएको हुँदा नवग्रह मन्दिर निर्माण कार्य गएको शिवरात्रीमा जग राखेर कार्य सुरुवात गरिएको उहाँले जानकारी दिनुभयाे ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा नवग्रह मन्दिर स्थापना पश्चात् स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्न सक्ने दक्षिण एशिया मै तेस्रो र नेपाल मै पहिलो नवग्रह मन्दिरको रुपमा स्थापना गरिएको नवग्रह मन्दिर पर्यटकको आकर्षकको गन्तव्यको रुपमा पनि र नवग्रह शान्तिको लागि सहजता हुने जानकारी तिवारीले दिनुभयो । अर्जुन चौपारी गाउँपालिका को वडा नं १ मा रहेको धार्मिक वन क्षेत्रमा नै १०८ पिपलका बिरुवा समेत रोपिएको जानकारी उहाँले दिनुभयो। नबग्रह मन्दिरको मुख्य स्तंभ २७ फिट रहेको जानकारी गराउँदै नवग्रह मन्दिर शनिबार खुला रहने बताउनुभयो । सम्पूर्ण नवग्रहहरू पृथ्वीका निकटमा आउने यस समय धार्मिक अनुष्ठानका लागि उत्तम रहेको सन्त महात्माहरूको भनाइ पनि रहेको हुँदा महाशिवरात्रीका दिनमा सम्पन्न हुनेगरी कार्यक्रम लाई अघि बढाइएको तिवारीले बताउनुभयो।
नवग्रह मन्दिर अनुष्ठान बाट भक्तजनहरूको नवग्रह शान्ति हुने मोक्ष प्राप्ति हुने, मुक्ति मिल्ने विश्वास रहेको छ। महाकुम्भको समयमा गरिएको अनुष्ठान अन्य समयको भन्दा फलदायी रहने र सकारात्मक उर्जा प्राप्ति हुने विश्वास रहेको हुँदा त्यसैलाई मध्यनजर गरेर कार्यक्रम तय गरिएको जानकारी संयोजक टुकराज अर्यालले जानकारी दिनुभयो।
नवग्रह मन्दिरसँगै बनाइएको षटकोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिंग र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । परिक्रमा सहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको उक्त मन्दिरमा नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौ वटा ग्रहका प्रतीक रहेका छन् । पिल्लरको सबैभन्दा माथि सूर्य तर्फ फर्केको सौर्यमण्डलीय प्रतिमा र नौ चक्र मध्ये एक चक्र भने भक्तजनहरू लाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न र अवलोकन ग्रहण गर्न मिल्ने गरी बनाइएको छ।
१४४ वर्षमा आउने महाकुम्भ अत्यन्त शक्तिशाली र पवित्र समय भन्दै यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको समेत संयोजक अर्यालले बताउनुभयो। नवग्रह मन्दिरबाट जल बराह गुफा समेत अवलोकन गर्न पाइनेछ भने पालिका बाट केही घण्टाको दूरीमा पुगिने आँधीखोला गाउँपालिकामा रहेको दक्षिण एसिया कै पहिलो होमस्टे दरौ सिरुबारी, पुतलीबजार नगरपालिकामा अवस्थित सतौं चण्डी र शितलादेवी मन्दिर र भिरकोट नगरपालिका ७ मा अवस्थित खिलुङ कालिका मन्दिर लगायत का ठाउँहरु अवलोकन गर्न सकिन्छ।
सिद्धार्थ राजमार्गको पुतलीबजार र भिरकोटको सिमानामा रहेको बयरघारीको हेलु बजारको बाटो हुदै करिब सात किलोमिटरको दूरीमा नवग्रह मन्दिर रहेको छ।