नेपालमा उर्बर भूमि रहेकाले यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ,९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दार भएर देशका लागि काम गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबार कास्कीको ढुङ्गेपाटनमा पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञान इमान्दार भएर देशका लागि उपयोग गर्न आग्रह गर्नुभएको हो । सानो देशमा छु भन्ने हिनताबोधी भावना राख्नु नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने उहाले बताउनुभयो । प्रधानमन्त्री ओली नेपालमा उर्बर भूमि रहेकाले यसलाई रुपान्तरणकारी विकासमा लान सकिने धारणा राख्नुभयो ।

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय