धादिङ ,११ फागुन । धादिङ बेनिघाट रोराङ गाउँपालिका -५ विशालटारस्थित पृथ्वीलोकमार्गमा सवारी दुर्घटना भएको छ। चितवनबाट काठमाडौं आउँदै गरेको लुप्र-०१-००१-ख ०१३४ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ग १ च ५१५४ नम्बरको बोलेरो ठोक्किदा उक्त दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ।
दुर्घटनामा बोलेरो चालक सिन्धुली पिपलमाडी गाउँपालिका ८ बस्ने २४ वर्षीय अर्जुन योञ्जन घाइते भएका छन्। उनलाई उपचारका लागि मेलखुस्थित राजमार्ग अस्पताल पठाइएको छ।
सवारी दुर्घटनापछि उक्त क्षेत्रमा यातायात केहीबेर अवरोध भएको थियो।