करारका ८३ कर्मचारी निष्कासन गरेका प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक, माटो ढोगेर फर्के

२०८१ फाल्गुन ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर,११ फागुन । मेयरका झोले भन्दै एकैपटक ८३ करारका कर्मचारी निष्कासन गरेका विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साह कार्यलय प्रवेशमा रोक लगाएका छन् ।

करारका कर्मचारी निष्कासन लगत्तै ज्यान मार्ने धम्की समेत खेपेका साहलाई नगरप्रमुख बेचन दासकै संलग्नतामा धम्की आएको आरोप लाग्दै गाएको थियो ।

कर्मचारी निष्कासन पछि कतैबाट सुरक्षा नपाएको भन्दै न्याय लागि उच्च अदालत जनकपुर पुग्नु भएका शाहको रिट निवेदन माथी सुनुवाइ गर्दै प्रशासकीय अधिकृत शाहलाई अन्तिम फैसला नआउने समयसम्म सोही पालिकामा काम गर्नु भनी अदालतले अन्तरिम आदेश दिएको थियाे ।

अदालतले सुरक्षाको प्रबन्ध मिलाउन र सोही पालिकामा काम गर्नु भनी अन्तरिम आदेश दिएपछि प्रशासकीय अधिकृत साह आज सुरक्षा कर्मीका बीच नगरपालिकाको कार्यालय पुग्नु भएको थियो ।

कारबाहीमा परेका कर्मचारीहरुले आफू माथी अन्याय भएको भन्दै आन्दोलन गरेका थिए । उनीहरु नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालयमा प्रवेश गर्न दिएनन् । साहलाई कार्यालयमा प्रवेश गराउन र शान्ति सुरक्षा दिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेको थियो ।

नगरपालिकाको मुख्यद्वारमै कर्मचारीहरु आन्दोलन गरिरहेका कारण आफू भित्र प्रवेश गर्न नपाएको प्रशासकीय अधिकृत साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतको आदेशपछि सिडिओ साहेबले सुरक्षा दिनुभयो । तर झोले कर्मचारीहरुलाई हटाएपछि उनीहरु आन्दोलन गरिरहेका छन् । म पनि जर्वजस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोकेर टिका लगाई फर्किए ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय