लागुऔषध सहित स्याङ्जामा १ जना पक्राउ

२०८१ फाल्गुन १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा, १३ फाल्गुन । वालिङ्ग नगरपालिका वडा नम्बर ८ फूलबारी स्थित सिद्धार्थ राजमार्गमा लागू औषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।

सवारी साधन चेक जाँचको क्रममा मंगलबार बिहान ६:३० को समयमा वडा प्रहरी कार्यालय वालिङ्ग स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट बाग्लुङ्ग तर्फ जाँदै गरेको ना ५ ख ६६२१ नम्बरको बसमा चेक जाँच गर्दा फेला पारेको हो । निज व्यक्ति पोखराको कास्की महानगरपालिका २९ बस्ने बर्ष २० का शंकर भन्ने संजोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरीप्रसाद पौडेलले जानकारी दिनुभयो । निज व्यक्तिको साथमा डाईजेपाम – ४५ एम्पुल, नुर्फिन – ४५ एम्पुल र फेनारागन – ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल नियन्त्रित लागुऔषध रहेको प्रहरी स्रोतले जनाएको छ । निज व्यक्तिलाई पक्राउ गरी लागू पदार्थ बरामद गरेको छ भने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय