गल्याङमा पिक अप भ्यान पल्टिदा एकको मृत्यु,तीन घाइते

२०८१ फाल्गुन १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१४ फागुन । गल्याङ नगरपालिका वडा नम्बर ११ खरिपानी स्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ पिक अप भ्यान पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रातको करिब एक बजे राजमार्ग देखि करिब एक सय मिटर तल खस्दा चालक पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं.३ बस्ने बर्ष २६ को मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।

बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु. ३ च. ३३२४ नम्बरको पिक अप भ्यानमा घाइते हुनुभएका पाल्पा रम्भा गाउँपालिका वडा नं.३ बस्ने सहचालक बर्ष २३ को राधेश्याम बस्याल को लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय