मलेखुमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

२०८१ फाल्गुन १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ, १४ फागुन  । गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय