रेविज सङ्क्रमितकाे मासु बेच्ने वालिङका २ पक्राउ

२०८१ फाल्गुन १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १५ फागुन ।  स्याङ्जाको वालिङ नगरपालिका ५ मा रेविजको लक्ष्यण देखिएका मृत जनावरहरु किनवेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा वालिङ नगरपालिका ५ बस्ने ५५ वर्षीय राजेन्द्र बहादुर केसी र वालिङ नगरपालिका ८ बस्ने शंसुदिन मिया रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी  हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबार दिउँसो राजेन्द्र बहादुर केसीले आफ्नै घरमा पालेका संङ्क्रामक रोग रेविजको लक्ष्यण देखिएका जनावरहरु भैसी, भैसीको पाडा, बाख्रा र बाख्राको पाठी एक   जम्मा ४ वटा घरपालुवा जनावर वालिङ नगरपालिका ८ बस्ने ५० वर्षीय शंसुदिन मियाँलाई बिक्री गरेका थिए ।

मियाँले रोग लागेका जनावरहरु खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखि वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजादैँ गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीले फेला पारेको हो ।

सवारी साधनभित्र मृत भैसी एक, भैसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी एक बरामद गरेको सुचना अधिकारी  पौडेलले बताउनुभयो ।

मृतक भैसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोली आई किटद्धार परीक्षण गर्दा संक्रामक रोग रेविजको लक्ष्यण देखिएको पुष्टि हुन आएको थियो ।

प्रहरी पक्राउ गरेको दुवै जनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्धामा म्याद  गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय