तामेकोट समिटको आज अन्तिम दिन,समापन गुरुङले गर्ने

२०८१ फाल्गुन १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा,१७ फागुन । गल्याङ नगरपालिका ५ तामेकोटमा फागुन १३ गतेदेखि सुरु भएको ऐतिहासिक दोश्रो तामेकोट समिट २०८१ को आज समापन हुदैछ ।

धार्मिक,सास्कृतिक,पर्यटकीय तथा ऐतिहासिक हिसाबले महत्व बोकेको यस क्षेत्रको महत्त्व अझ उजागर गर्न हात्तिस्थान फाउन्डेसनको समिटको आयोजना गरेको हो ।

उक्त समिटको समापन गर्न नेपाली काङ्ग्रेसका उपसभापति यसै क्षेत्रका सांसद धनराज गुरुङ आउने फाउन्डेसनका अध्यक्ष डाक्टर शिव शंकर बस्यालले जानकारी दिनुभयो ।

“देश बनाउने नितिको बहस अब तामेकोट बाट हुनुपर्छ” भन्ने अभिप्रायका साथ नितिगत मन्थनको थलो बनाउने शैलीमा संचालन भएको समिट नौलो र पृथक शैलीमा देखिएको छ । झट्ट हेर्दा महोत्सव जस्तो देखिने यो समिट देशका अन्य क्षेत्रमा हुने गरेका कार्यक्रम भन्दा पृथक शैलीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार