काठमाडौँ , १८ फागुन। काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।