काठमाडौं, १८ फागुन । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका विश्वासपात्रमध्येका एक मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् ।
अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले लामिछाने नेतृत्वको रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका थापालाई पक्राउ गरेर संघीय हिरासत केन्द्रमा राखेको हो । साताअघि पक्राउ परेका थापा अहिले प्रहरीको हिरासतमा छन् ।
थापा एक साताअघि नेपालबाट अमेरिकातिर लागेका थिए । अमेरिकामा अवतरणका क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै उनलाई पक्राउ गरिएको हो । अहिले थापालाई फिलाडेल्फियास्थित हिरासतमा राखिए छ । थापा रास्वपा सभापति लामिछानेका विश्वापात्रमध्ये एकका रुपमा परिचित छन् ।
अमेरिकी अध्यागमन र त्यहाँस्थित प्रहरीले थापालाई के अभियोगमा पक्राउ गरिएको हो खुलाएका छैनन् ।