पूजा खड्का
स्याङ्जा, १८ फागुन । स्याङ्जा पुतलीबजारको वडा नम्बर ११ बगालथोकमा विद्युत सट भई आगलागि भएको छ।
विद्युत सट भई मात्रिका राज अर्यालको टिनले छाएको दुई तले घरमा आगलागी भई सामग्री जली नस्ट भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरी प्रसाद पौडेलले जानकारी दिनुभयो।
आगलागी आईतबार करिब चार बजे भएको पौडेलले बताउनुभयाे। आगलागी हुँदा कोठामा रहेको वासिङ मेसिन, काठको दराज, खाट, कपडा जली नष्ट भएको ,आगो पुर्ण रूपमा नियन्त्रणमा आएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो। आगो नियन्त्रणमा आइसकेको र मानविय क्षति नभएकाे खुल्न गएको छ।